मेगा भिसा डेबिट अन्तर्रा्ष्ट्रिय ट्राभल कार्ड

मेगा भिसा डेबिट अन्तर्रािष्ट्रय ट्राभल कार्ड एक प्रीपेड कार्ड हो जुन विदेश जान यात्रा गर्ने नेपालीहरूलाई विदेशी विनिमय मुद्राको लागि राहदानी सुविधा बिरूद्ध जारी गरिन्छ । विदेशी मुद्रा वा नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको कुनै पनि विनिमय सुविधा प्राप्त गर्न वैध भिसाको साथ निर्धारित एयर टिकट र राहदानी आवश्यक छ । मेगा भिसा डेबिट अन्तर्रािष्ट्रय ट्राभल कार्ड अमेरिकी मुद्रामा जारी गरिनेछ र खरीद, नगद झिक्न र अनलाइन कारोबारको लागि प्रयोग गर्न सकिन्छ । ग्राहकहरूले मेगा बैंक नेपाल लि.को कुनै पनि शाखाबाट मेगा भिसा डेबिट अन्तर्रा्ष्ट्रिय ट्राभल कार्डको लागि आवेदन दिन सक्दछन् ।

विशेषताहरु

  • नेपाल राष्ट्र बैंकले तोकेको सीमा बमोजिम विदेश भ्रमण गर्ने व्यक्तिलाई वैध भिसाको साथ निर्धारित एयर टिकट र राहदानी सुविधा बिरुद्द जारी गरिन्छ
  • नेपाल र भारत बाहेक संसार भरका सबै भिसा नेटवर्क स्वीकृत एटीएम र पीओएस टर्मिनलहरूमा कारोबार गर्न सकिन्छ
  • विश्वव्यापी कुनै पनि भिसा द्वारा प्रमाणित (ख्दख्) व्यापारीक वेबसाइटहरूमा सामानहरू र सेवाहरूको सुरक्षित रूपमा खरीदको लागि अनलाइन भुक्तानी गर्न सकिन्छ
  • ३ बर्षको वैधता
  • भ्ःख् चिप आधारित सुरक्षित कार्ड
  • कार्डमा जम्मा गरिएको रकम कार्डको समाप्ति अवधिसम्म कुनै पनि समय प्रयोग गर्न सकिन्छ
  • जुन घडीमा पनि सेवा प्राप्त गर्न सकिन्छ 
  • तुरुन्त जारी गर्न सकिने र न्युनतम शुल्क

योग्यता

नेपाल राष्ट्र बैंकद्वारा अनुमति अनुसार वैध पासपोर्ट, भिसा र निर्धारित एयर टिकटको साथ नेपाली नागरिकले मेगा भिसा डेबिट अन्तर्रा्ष्ट्रिय ट्राभल कार्ड लिन सक्दछन् ।


शुल्कहरू

फाराम डाउनलोड गर्नुहोस्