3D सुरक्षित सेवा अनलाइन कारोबार (VbV)

3D सुरक्षा भिसासँगको सहकार्यमा मेगा बैंकले प्रदान गरेको नयाँ सेवा हो जसले कार्डधारकहरूलाई “भिसा द्वारा प्रमाणित“ (VbV) का सेवाहरूको सदस्यता प्राप्त गरेका व्यापारी वेबसाइटहरूमा सुरक्षित अनलाइन रूपमा वस्तु तथा सेवा खरिद गर्न मद्दत गर्छ । 3D सुरक्षा सेवाले अनलाइन कारोबार गर्दा ग्राहकवर्गहरुको पहिचान गर्ने पक्रिया गर्छ ।

3D सुरक्षा सेवाले मेगा ग्राहकवर्गहरुलाई अनलाइन खरिदकोे बेला आफ्नो कार्डहरू प्रयोग गर्न र भिसा प्रक्रियाबाट प्रमाणितमा भाग लिन अनुमति दिन्छ । सुरक्षा, प्रविधि र वित्तीय समाधानको सर्तमा परिवर्तनशील बजारको आवश्यकताहरू पूरा गर्नका लागि आफ्ना ग्राहकहरूप्रति आफ्नो प्रतिबद्धता दोर्होयाउने मेगा बैंकले सेवामा नयाँ मूल्य थप गरेको हो।

प्रत्यक्ष लाभको रूपमा, मेगा कार्डधारकहरूले अब उनीहरूको कार्ड विश्वव्यापी रूपमा विभिन्न ईकमर्स वेबसाइटहरूमा अनलाइन प्रयोग गर्दा अतिरिक्त सुरक्षाको मजा लिन सक्छन् । यसले मेगा बैंकको कार्ड प्रयोग गर्नका लागि 3D सुरक्षा सेवामा भाग लिन बढी भन्दा बढी व्यापारीहरूलाई स्वीकार गर्न पनि सहयोग र्पुयाउँछ । सुरक्षात्मक सुविधाले बैंकलाई केवल कार्ड मात्र नभई कार्डधारकलाई पनि इन्टरनेट खरीदको भुक्तानीको बेला प्रमाणीकरण गर्न सक्षम गर्दछ जसले उनीहरूको अनलाइन कारोबारलाई चोरी र कार्डको अवैध प्रयोगको बिरूद्ध संरक्षण गर्दछ । 

अनलाइन कारोकार सक्रियता फारम डाउनलोड गर्नुहोस्